टोटनहमको जित

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ८ : ४५


काठमाडौं । डाभिन्सन सान्चजको निर्णायक गोलसंगै टोटनहमले इङ्लिस प्रिमियर लिगमा वाट्फोर्डमाथि १–० को जित निकालेको छ ।

शनिबार राति टोटनहमसँगको भेटमा वाट्फोर्ड लगातार पाँच खेलको हारको शृंखलामा पूर्णविराम लगाउन चाहन्थ्यो तर अन्तिममा सम्हालिन नसक्दा एक अंक लिने उनीहरको लक्ष्यले पूर्णता पाएन ।

टोटनहमविरुद्ध गोलकिपर ड्यानियल बाचमनले उत्कृष्ट बचाउ गर्दै टोलीलाई एक अंकको संघारमा पुर्‍याएका थिए तर इन्जुरी समयको छैटौ मिनेटमा सान्चेजले बललाई पोस्टको दिशा दिएपछि उनको उत्कृष्ट प्रदर्शन छायाँमा परेको थियो ।

एन्टोनियो कोन्टेले प्रशिक्षण सम्हालेदेखि टोटनहम अपराजित रहँदै आएको छ । १८ खेलमा ३३ अंकसहित टोटनहम छैटौं स्थानमा छ ।

आर्सनलले आइतबार लिगको शीर्ष क्लब म्यानचेस्टर सिटीलाई २–१ को नतिजा सुम्पिएको थियो । त्यस्तै, शनिबार नै भएको खेलमा वेस्ट हम युनाइटेडले क्रिस्टिल प्यालेसमाथि ३–२ को जित निकाल्यो ।


प्रतिक्रिया दिनुहोस्