न्यूयोर्क। नयाँवर्ष सन् २०२२ को स्वागतमा आयोजित एक सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका बेला नेपालका चर्चित गायक राजेशपायल राईमाथि हातपात भएको छ।
न्यूयोर्कमा आयोजित कन्सर्टमा गीत गाइरहेका गायक राईलाई एक दर्शकले स्टेजमा चढेर पछाडिबाट घाँटी न्याँक्दै हातपातको प्रयास गरेका हुन्।
कार्यक्रममा सहभागी दर्शकले हातपातबाट हुनबाट जोगाएर ती व्यक्तिलाई त्यहाँबाट निकालेका थिए। सांगीतिक कार्यक्रममा सबैजना झुमिरहेका बेला ती व्यक्ति अचानक स्टेजमा चढेर हातपात गर्ने प्रयास गरिरहेको दृश्य भिडिओमा देख्न सकिन्छ।
(भिडिओ)