काठमाडौं । रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझाबाट निष्काशित मिलन पाण्डे पक्षले राप्रपासँगको सम्भावित एकतामा विवेकशील साझाको नाम दुरुपयोग नगर्न चेतावनी दिएको छ।
शुक्रबार विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रसँग राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणाले भेटवार्ता गरेका थिए।
भेटमा मिश्रले राप्रपा र विवेकशील साझाबीच एकताको प्रस्ताव राखेका बताइएको छ।
सोही विषयमा आपत्ति जनाउँदै विवेकशील साझाको पाण्डे पक्षले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै देशलाई २५ वर्ष पछाडि धकेल्ने सपना नदेख्न चेतावनी दिएको हो।