एमसीसीविरुद्ध नेमकिपाको प्रदर्शन

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ३ : ४८


काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले शुक्रबार काठमाडौंमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध र्‍याली निकालेको छ।

एमसीसी नेपालको हितका नरहेको भन्दै खारेजीको माग राखेर नेमकिपाले विरोध र्‍याली निकालेको हो।

एमसीसीसम्बन्धी सम्झौता संसद्‍बाट पारित नगर्न खबरदारी गर्दै नेमकिपाले संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन समेत गरेको हो।

पार्टीका कार्यकर्ताहरुले नयाँ बानेश्‍वरको तीनवटा चोकहरुमा पर्चा, पम्प्लेटसहित प्रदर्शन गरेका हुन्।

 


प्रतिक्रिया दिनुहोस्