कायममुकायम प्रधानसेनापतिको जिम्मा बलाधिकृत रथी कार्कीलाई

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  २ : ३०


काठमाडौं । नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मा बलाधिकृत रथी बालकृष्ण कार्कीलाई दिइएको छ।

प्रधानसेनापति प्रभुराम शर्मा यही १८ पुसदेखि ३० गतेसम्म घर बिदामा रहने भएकाले कार्कीलाई कायममुकायमको जिम्मेवारी दिइएको हो।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा पुस १८ देखि ३० गतेसम्म घरविदामा रहने भएकाले बलाधिकृत रथी बालकृष्ण कार्कीलाई नेपाली सेनाको कायममुकायम भई प्रधान सेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

हाल सेनामा प्रधानसेनापति शर्मापछिको वरियतामा कार्की छन्।


प्रतिक्रिया दिनुहोस्