दक्षिण कोरियामा बिरालोका कारण तीन वर्षयता सयभन्दा बढी घरमा आगलागी!

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  २ : २१


दक्षिण कोरियामा घरपालुवा बिरालोका कारण तीन वर्षयता एक सयभन्दा बढी घरमा आगलागी भएको त्यहाँको अग्नि नियन्त्रक विभागले जानकारी दिएको छ।

राजधानी सोलमा मात्र १०७ घरमा बिरालोका कारण आगलागी भएको आगलागी तथा प्रकोप विभागले तथ्यांक जारी गरेको हो।

बिरालोले विद्युतीय स्टोभ्स तथा चुलोको स्विच अन गरेपछि त्यहीँबाट आगलागी हुने गरेको अनुसन्धानमा पाइएको हो। तीन वर्षको अवधिमा बिरालोका कारण भएको आगलागीले चारजना घाइते भएका थिए।

विभागले बिरालो पाल्ने घरधनीहरुलाई यो विषयमा होसियार हुन आग्रह गरेको छ। सीएनएन


प्रतिक्रिया दिनुहोस्