‘शिक्षामन्त्रीकै छोरी पढ्नको लागि विदेश जान्छन्’ भन्दै ट्रोलको शिकार बने शिक्षामन्त्री पौडेल

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  १ : २३


काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल हाल नेपाली सामाजिक संजाल प्रयोगकर्ताको ट्रोलको शिकार बनेका छन्।

आफ्नी छोरी गरिमा पौडेललाई अमेरिकाको लागि विदाई गरेको तस्बिर सार्वजनिक गरेपछि उनी आलोचित बन्न पुगेका हुन्।

मानिसहरुले ‘शिक्षामन्त्रीकै छोरी पढ्नको लागि विदेश जान्छन् यो देशमा’ भन्दै नेपाली शिक्षा प्रणालीको आलोचना गरिरहेका छन्।

शिक्षामन्त्री भएर देशको शैक्षिक प्रणाली उत्कृष्ट बनाउनको लागि कसरत गर्नुपर्नेमा छोरीलाई अमेरिका पठाएर पौडेलले गलत नजिर खडा गरेको आलोचकहरुको भनाइ छ।

गरिमा यसअघिदेखि नै अमेरिका बस्दै आएकी छिन्। उनी अमेरिकाको भर्जिनियास्थित सेन्टरभिलेमा बस्दछिन्। साथै उनी अमेरिकन एक्सप्रेस नामक कम्पनीमा काम गर्छिन्।

साजन सुब्बा शिक्षामन्त्रीकी छोरी अमेरिका गएको विषयमा भन्छन्,‘यो शिक्षामन्त्रीको कुरा मात्र होइन यो हरेक नेपाली को समस्य हो। अफ्नो सन्तान सरकारी बिद्यालय भन्दा निजि बिद्यालय मा आस्था राख्छन्। तर जनता र समग्र देशको शिक्षाको प्रतिनिधित्व गरेपछि शिक्षाको गुणस्तरमा ध्यान दिनुभन्दा नि अफ्नो देशको शिक्षा मा विस्वास नभएको देखियो। यहाँ अफ्नो एउटा स्वार्थ देखियो।’

यस्तै विर भण्डारी भन्छन्,‘मन लगाएर पढ्नु नानु, यताउता नडुल्नु तिम्रा बाले धेरै दुख कष्ट का साथ नेपाली जनतालाई लुटेर ठगेर जनताको रगत चुसेर कमाको पैसाले तिमीलाई बिदेश पढ्न पठाउँदै छन्। शुभ यात्रा।’

त्यस्तै आयुष मगर भन्छन्,‘नेपालको शिक्षामन्त्रीकै छोरी बाहिर जानु परेसी यसले नेपाली शैक्षिक प्रणाली कति कमजोर रहेछ भनेर देखाउँछ।’


प्रतिक्रिया दिनुहोस्