चर्चित र्‍यापर लाउरे लागुुऔषधसहित गिरफ्तार, प्रहरी भन्छः उनी दोषी देखिए

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  २ : १४


पोखरा। चर्चित र्‍यापर आशीष राना उर्फ लाउरे लागुऔषधसहित पोखराबाट पक्राउ परेका छन्।

न्युरोडस्थित एक घरबाट उनलाई पक्राउ गरिएको हो। ब्राउन सुगर प्रयोग गर्दै गरेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो।

लाउरेसँगै चारजना पक्राउ परेका कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए। उनीहरूको साथबाट ब्राउन सुगर र अन्य लागुऔषध बरामद भएको बताइएको छ।

लाउरे युवा पुस्तामाझ लोकप्रिय छन्। ‘प्रहरी खटिएको थियो। सेवनको प्रयोजनका लागि कारोबार हुँदैछ भन्ने थाहा पायौं,’ उनले भने, ‘त्यही सूचनाका आधारमा पक्राउ गरिएको हो। अनुसन्धान भइरहेको छ, प्रारम्भिक रूपमा उनी दोषी देखिए।’

लाउरेलाई अहिले कास्की प्रहरीको हिरासतमा राखिएको छ। बिहीबार अदालत बन्द भएकोले मुद्दा अघि बढाउन नसकिएको प्रहरीले जनाएको छ। शुक्रबार लागुऔषध मुद्दामा म्याद थपेर अनुसन्धान थाल्ने कास्की प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्