माओवादी महाधिवेशन: मोबाइल खोसेपछि बर्दियाकी प्रतिनिधि मेनुका आक्रोशित

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  २ : ०७


माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र हलमै मोबाइल खोसेको भन्दै बर्दियाकी प्रतिनिधि मेनुकाकुमारी चौधरी आक्रोशित भएकी छन्।

महाधिवेशनस्थल नजिकै रहेको मिडिया सेन्टरमा आएर उनले आक्रोश पोखिन्।

आफ्नो तस्बिर खिँच्दा समूहगत छलफलको निष्कर्ष सुनाउने प्रज्ञा प्रतिष्ठानको मुख्य हलबाट निकालिएको भन्दै आक्रोश पोखिन। वाइसीएल अध्यक्ष बोलाएर उनले असन्तुष्टि जनाइन् । उनी सातौं महाधिवेशनमा हेटौंडामा पनि प्रतिनिधि थिइन्।

आफूभन्दा जुनियर प्रतिनिधि बसिरहेको, वाइसीएल र भित्र बसेकाले नै अडियो भिडियो लिक गरेको तर आफूले प्रतिनिधिसँग आफ्नो तस्बिर खोज्दा वाइसीएलका स्वयंसेवकले निकालेको भन्दै आक्रोश पोखेकी हुन् । उनी आक्रोशित भएपछि रामप्रसाद सापकोटा दिपशिखा आएर शान्त पारेका छन् । अब यस्तो व्यवहार सुधार्ने उनले प्रतिबद्धता जनाए।


प्रतिक्रिया दिनुहोस्