मुगुमा हिमपातले सडक र हवाई सेवा अवरुद्ध

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ५ : १३


मुगु । मुगुमा मंगलबार रातिदेखि परेको हिमपातले जनजीवन प्रभावित पार्नुका साथै सडक र हवाई सेवा अवरुद्ध भएको छ। लगातार परेको बाक्लो हिमपातले सडक र हवाई यातायात अवरुद्ध भएको हो।

हिमपातले हवाई सेवा अवरुद्ध भएपछि रारा विमानस्थल मुगुदेखि नेपालगञ्जसम्म जाने र नेपालगञ्जदेखि मुगु आउने यात्रुहरु ताल्चा र रारा विमानस्थलका होटलमा भरिभराउ भएका पर्यटन व्यवसायी देवीकृष्ण रोकायाले बताए।

मुगु र जुम्लाको सिमानामा पर्ने घुच्ची लेकमा बाक्लो रुपमा हिमपात हुँदा बीच बाटोमै सवारी साधन रोकिएका छन्। रोकायाका अनुसार अहिले लगातार रुपमा हिमपात भइरहेको छ।

सबैभन्दा बढी मुगुम कार्मारोङ गाँउपालिका, खत्याड र रारा क्षेत्रका साथै रारा विमानस्थलमा बाक्लो हिमपात भइरहेको रोकायाले बताए । मुगुमा तापक्रम माइनस ३ डिग्रीमा झरेको छ।


प्रतिक्रिया दिनुहोस्