ट्रकले कारलाई ठक्कर दिँदा बैंक म्यानेजरको मृत्यु, दुई जना घाइते

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ९ : १३


कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिक– १ पिपराका अनुराग पाण्डेको दुर्घटनामा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले जानकारी दिए । उनी साइन रेसुङ्गा बैंक जितपुर शाखाका म्यानेजरसमेत थिए ।

बा ६ च ११६४ नम्बरको कारलाई ट्रकले ठक्कर दिँदा बससँग जुधेर दुर्घटना भएको हो । मंगलबार राति भएको दुर्घटनामा सुदीप खनाल र राजेश शर्मा गम्भीर घाइते रहेका छन् ।

पाण्डे कपिलवस्तु जेसिजका पूर्वअध्यक्ष समेत हुन् ।


प्रतिक्रिया दिनुहोस्