कैदी भगाउने जेलर र सुरक्षाकर्मीसहित ९ जना पक्राउ

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  १० : ४५


दाङको घोराही कारागारबाट कैदी भागेको घटनामा जेलर र सुरक्षाकर्मीसहित नौ जना पक्राउ परेका छन्। बुुधबार कारागारका नाईके यामराम परियार भागेपछि जेलर र सुरक्षाकर्मीलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, विपासा चौधरी, समि चौधरी, सौरभ खनाल, भानुुभक्त पाण्डे र थकाली होटलका सञ्चालक रहेका छन्।

उनीहरुलाई थप अनुसन्धानका लागि दाङ जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको छ।

उपचारका लागि भन्दै काराबारबाट निस्कीएका प्रहरी धनबहादुर चौधरी र कैदी परियार अस्पताल नगई होटलमा पुुगेका थिए।

थकाली होटलमा दुुई महिलासहित पुुगेका उनीहरुमध्ये परियारले प्रहरी जवान चौधरीलाई कोठामा थुुनेर भागेका थिए।

कारागार प्रशासन र सुरक्षा संयन्त्रको लापरवाहीका कारण कैदी भागेको भन्दै घटनामा संलग्नको आशंकामा उनीहरुदाई अनुसन्धानको दायरामा ल्याइएको प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए। रासस


प्रतिक्रिया दिनुहोस्