चीनको शाङ्घाई मेट्रोलाइन विश्वको सबैभन्दा लामो

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ५ : ४२


चीनको शांघाईमा संचालन हुन लागेको मेट्रोलाई अब विश्वको सबैभन्दा लामो मेट्रोलाइन हुने भएको छ।

डिसेम्बर ३० मा सञ्चालनमा आउने दुईवटा नयाँ मेट्रो लाइनहरू सँगै शाङ्घाईको मेट्रो नेटवर्कको कुल लम्बाइ ८३१ किलोमिटर पुग्ने छ र यो संसारको सबैभन्दा लामो हुने शाङ्घाई मेट्रोले जनाएको छ।

थप दुई नयाँ लाइनको उद्घाटनले शाङ्घाईमा पूर्ण स्वचालित मेट्रो लाइनहरूको कुल संख्या पाँच पुग्नेछ।


प्रतिक्रिया दिनुहोस्