नायिका परमिता भन्छिन्ः पैसा नदिनेहरुको नाम सार्वजनिक रुपमा भनिदिन्छु

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ४ : २२


नेपालकी चर्चित नायिका तथा मोडल परमिता राज्यलक्ष्मी राणाले आफूलाई पारिश्रमिक नदिनेहरुको नाम सार्वजनिक गरिदिने चेतावनी दिएकी छिन्।

परमिताले आफूले मोडिलिङ र अभिनय गरेबापत् पाउनुपर्ने पारिश्रमिक समयमा नै नपाएकोमा असाध्यै दिक्क र वाक्क भएको उल्लेख गरेकी हुन्।

उनले आफ्नो इन्स्टाग्राम अकाउन्टको स्टोरीमा अबदेखि पैसा नदिनेहरुको नाम सार्वजनिक गरिदिने बताएकी छिन्।

आफूले काम गरेबापत् पाउनुपर्ने पैसा भिक मागे जसरी मागिरहनुपर्ने कुराले आफूलाई दुःखी तुल्याएको उनको भनाइ छ।

उनले चेतावनी दिँदै लेखेकी छिन्, ‘म आजित भइसकेँ। असाध्यै आजित भइसकेँ। अब त पारिश्रमिक नदिनेहरुको नाम सार्वजनिक नै गरिदिन्छु।’


प्रतिक्रिया दिनुहोस्