माओवादी महाधिवेशन : २५ समूहले थाले राजनीतिक र विधान प्रतिवेदनमाथि छलफल

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ८ : ४१


काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन तथा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको विद्यान मस्यौदामाथि आजबाट समूहगत छलफल सुरु हुने भएको छ ।

सोमबारबाट सुरु भएको बन्द सत्रमा अध्यक्ष प्रचण्डले ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन तथा गुरुङले १५ सदस्यीय पदाधिकारीसहित २ सय ९९ सदस्य केन्द्रीय कमिटी बनाउन विधान प्रस्तुत गरेका थिए । सो विषयमा आजबाट २५ वटा समूह बनाई समूहगत छलफल हुन गइरहेको छ ।

महाधिवेशन स्थल नेपाल प्रज्ञा प्रतिष्ठान, केन्द्रीय कार्यालय पेरिसडाँडा र विभिन्न पार्टी प्यालेसमा प्रस्तुत दुई प्रतिवेदनमाथि छलफल सुरु हुन लागेको हो ।  मङ्गलबार दिनभर समूहगत छलफल हुने छ । बुधबार बिहान ११ बजेदेखि समूह प्रमुखहरूले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । बुधबार बिहानको कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने गरी निर्धारण गरिएको छ ।

माओवादी केन्द्रका अनुसार तल उल्लेखित स्थानमा समुहगत छलफल हुनेछ ।

समूह १

सहभागी ः जेष्ठ कम्युनिष्ट मञ्च
छलफलको स्थान ः प्रज्ञा भवनको सभालको मुख्य भाग
समन्वयको जिम्मेवारी ः एनके प्रसाई

समूह २ र ३

सहभागी ः सल्लाहकारहरु
छलफलको स्थान ः प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ बाँया
समन्वयको जिम्मेवारी ः नन्दकुमार थापा

समूह ४ र ५

सहभागी ः प्रदेश १ का प्रतिनिधि
छलफलको स्थान ः भानुभक्त हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी ः हर्क नेम्वाङ

समूह ६ र ७

सहभागी ः प्रदेश २ का प्रतिनिधि
छलफलको स्थान ः पारिजात हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी ः गणेश साह

समूह ८ र ९

सहभागी ः लुम्बीनी प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान ः सिद्धिचरण हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी ः चक्रपाणी खनाल

समूह १० र ११

सहभागी ः गण्डकी प्रदेशका प्रतिनिधि
छलफलको स्थान ः पार्टी कार्यालय, पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारी ः गायत्री गुरुङ

समूह १२

सहभागी ः प्रवास प्रदेशका प्रतिनिधि
छलफलको स्थान ः केन्द्रीय कार्यालय पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारी ः लक्ष्मण पन्त

समूह १३ र १४

सहभागी ः कर्णाली प्रदेशका प्रतिनिधि
छलफलको स्थान ः एवान पार्टी प्यालेस
संयोजन गर्ने जिम्मेवारी ः विमला केसी

समूह १५ र १६

सहभागी ः सुदूरपश्चिम प्रदेशका प्रतिनिधि
छलफलको स्थान ः एवान पार्टी प्यालेस
समन्वय गर्ने जिम्मेवारी ः खगराज भट्ट

समूह १७ र १८

सहभागी ः सम्पूर्ण विभागका प्रतिनिधि
छलफलको स्थान ः क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मवारी ः मायाप्रसाद शर्मा

समूह १९

सहभागी ः उपत्यका विशेष प्रदेशका प्रतिनिधि
छलफलको स्थान ः क्वालिटी बैक्वेट, बुद्धनगर
समन्वय गर्ने जिम्मेवारी ः जगत सिंखडा

समूह २० र २१

सहभागी ः सम्पर्क समन्वय प्रदेशका प्रतिनिधि
छलफलको स्थान ः क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार
समन्वय गर्ने जिम्मेवारी ः कृष्ण अधिकारी

समूह २२ र २३

सहभागी ः बागमति प्रदेशका प्रतिनिधि
छलफलको स्थान ः काठमाडौं बैक्वेट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी ः सरल सहयात्री

समूह २४

सहभागी ः आयोगका सदस्य
छलफलको स्थान ः काठमाडौं बैक्वेट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी ः विष्णुपुकार श्रेष्ठ

समूह २५

सहभागी ः जनवर्गीय संगठन र मोर्चाका इन्चार्ज र अध्यक्ष, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधि
छलफल गर्ने स्थान ः काठमाडौं बैक्वेट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी ः अमृता थापामगर

-केन्द्रीय सदस्य सम्बन्धित प्रदेश वा विभागको समूहमा सहभागी भएर छलफल गर्ने । सम्बन्धित समूहको बैठक बसेर समूह प्रमुख चयन गर्ने


प्रतिक्रिया दिनुहोस्