माओवादी महाधिवेशन: बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ४ : १७


काठमाडौं। माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक र विधान प्रतिवेदनमाथि छलफल गर्न समूहगत विभाजन गरिएको छ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन तथा देव गुरुङ विधान मस्यौदा प्रस्तुत गरेका थिए।

प्रचण्ड र गुरुङले प्रस्तुत गरेका दुवै प्रतिवेदनमाथि छलफल गर्न २५ समूह बनाइएको छ। प्रदेशगत रूपमा समूह विभाजन गरी संयोजक र ठाउँहरू तोकिएको छ।

१) ज्येष्ठ क्युनिस्ट मञ्च: एमके प्रसाईं संयोजक, ठाउँ मञ्च अगाडि।

२, ३) सल्लाहकार कमिटी: संयोजन नन्दकुमार थापा, मञ्चको दायाँबायाँ, १३९ को आधा आधा विभाजन गरेर दुइटा।

४, ५) प्रदेश १: दुई भागमा बाँडेर। हर्क नेम्वाङ संयोजन, ठाउँ भानुभक्त हल।

६, ७) प्रदेश २ : पारिजात हल, गणेश साह, यो पनि दुई भागमा

८, ९) लुम्बिनी प्रदेश : चक्रपाणि खनाल, सिद्विचरण हल, पुस्तकालयनेर

१०, ११) गण्डकी प्रदेश : गायत्री गुरूङ, पेरिसडाँडाको माथिल्लो हल

१२) प्रवास समिति: लक्ष्मण पन्त, पेरिसडाँडा मजदुर हल

१३, १४) कर्णाली प्रदेश : विमला केसी एनवान पार्टी प्यालेस, बानेश्वर, दुइटा हल । अर्को हलमा

१५, १६) सुदूरपश्चिम : खगराज भट्ट

१७, १८) केन्द्रीय विभागहरू: मायाप्रसाद शर्मा, क्वालिटी ब्यांकेट, बुद्वनगर, दुइवटा समूह बनाएर।

१९) विशेष प्रदेश : जगत सिंखडा, क्वालिटीमै ।

२०, २१) सम्पर्क समन्वय प्रदेश : श्रीकृष्ण अधिकारी, क्रिस्टल पार्टी प्यालेस, बिजुलीबजार, दुइटा समूह

२२, २३) बागमती प्रदेश : काठमाडौं ब्याकेट, सरल सहयात्री

२४) सम्पूर्ण आयोगहरू : काठमाडौ व्यांकेटमै, संयोजक विष्णुविकास श्रेष्ठ

२५) जबस, मोर्चाका इन्चार्जहरू : केन्द्रीय कार्यालयमा रहेको, एकता प्रक्रियामा आएकाहरू यो समूहमा रहने । यो पनि काठमाडौं ब्याकेटमै, अमृता थापा संयोजन।


प्रतिक्रिया दिनुहोस्