अश्लील शीर्षक राख्दै युट्युबमा ‘प्रयाङ्क भिडियो’ अपलोड गर्ने युवक पक्राउ

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  २ : ५४


काठमाडौं । युट्युबमा अश्लील शीर्षक राखी भिडिओ अपलोड गरेपछि एक युवक प्रकाउ परेका छन।

नेपाल प्रहरीको साइबर ब्यूरोले बागलुङको निसिखोला गाउँपालिका-१ घर भइ हाल अनामनगर बस्दै आएका ३१ वर्षीय रामबहादुर मल्ललाई पक्राउ गरेको छ।

भिडिओमार्फत अश्लीलता फैल्याएको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मल्ललाई जिल्ला अदालत काठमाडौंको अनुमतिमा ५ दिनको म्याद थपेर कारबाही अघि बढाइएको पनि उनले बताएका छन्।

मल्लले प्र्याङकका नाममा विवादित भिडिओ युट्युबमा हाल्दै आएका थिए।


प्रतिक्रिया दिनुहोस्