अस्ट्रेलियामा कोरोनाको ओमिक्रोन भेरियन्टबाट पहिलो व्यक्तिको मृत्यु

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  १२ : ४४


सिड्नी। अस्ट्रेलियामा कोभिडको नयाँ भाइरस ओमिक्रोनबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ।

न्यु साउद वेल्स राज्यमा ओमिक्रोनबाट एक ८० वर्षीय बृद्धको मृत्यु भएको हो।

केयर फेसिलिटीमा संक्रमित उनको उपचारका क्रममा सिड्नीको एक अस्पतालमा मृत्यु भएको हो।

पछिल्लो समयमा अस्ट्रेलियामा कोभिड संक्रमितको संख्या बढेको छ। संक्रमितको संख्या बढे पनि अस्पतालमा भर्ना हुने दर भने घटेको छ।

अस्ट्रेलियामा कोभिडका कारण बन्द गरिएका सीमाना दुई वर्षपछि दुई साताअघि खुला गरिएको थियो। पछिल्लो समयमा ओमिक्रोन संक्रमित बढेसँगै सीमामा पुनः कडाई पार्ने बारेमा आवाज उठेको छ।


प्रतिक्रिया दिनुहोस्