प्रचण्डको ठूला फोटोहरु हटाइयाे, माओवादी नेता किराती भन्छन्ः चाकडी प्रबृति मूर्दावाद!

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ११ : ४३


नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र आज बिहानबाट सुरु भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि पनि बन्दसत्रमा सामूहिक छलफल हुनेछ।

माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेको छ। १६ सय बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन्।

यसबीचमा महाधिवेशनस्थल अगाडि प्रचण्डलाई देवत्वकरण गर्न राखिएको ठूलो तस्बिरहरु पनि देखिएको थियो। यसअघि एमाले महाधिवेशनमा चितवनमा केपी शर्मा ओलीको तस्बिरहरु पनि प्रचण्डकै जसरी राखिएको थियो।

सो क्रममा ओलीलाई देवत्वकरण गरिएको भन्दै आलोचना भएको थियो। हाल प्रचण्डको पनि आलोचना भएपछि उनका ठूलो फोटोहरु हटाइएको छ।

माओवादी नेता तथा सांसद सुदन किरातीले त्यस्ता तस्बिरहरु हटाइएको जानकारी दिँदै भनेका छन्,‘नेतृत्वलाई थाहै नदिई गरिएको चाकडी हटाई सकिएको सबैमा जानकारी। चाकडी प्रबृति मूर्दावादl’


प्रतिक्रिया दिनुहोस्