डायनोसरकालीन समुद्री राक्षस जो सर्पजस्तै थियो!

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ११ : ३२


न्युयोर्क। वैज्ञानिकहरुका अनुसार डायनोसरकालीन समुद्रमा एक प्रकारको समुद्री राक्षस बस्दथ्यो।

माछा आकारका घर्सेर हिड्ने सो समुद्री प्राणी साढे दुई करोड बर्षअघि ठूलो आकारमा बढेको र त्यसलाई समुद्री राक्षस भन्ने गरिएको एउटा नयाँ अध्ययनले देखाएको हो।

सर्पजस्ता ती प्राणी चाँडो नै ठूला आकारमा बढेका थिए। छोटो समयमा नै अस्वाभाविक बढेका प्राणीलाई अनुसन्धानकर्ताहरुले साइमबोसपोन्डाइलस नाम दिएका छन्।

ठूलो मुखाकृति र चिउँडो भएका ती राक्षस दुई करोड ४७ लाख वर्षअघि यो पृथ्वीमा अस्थित्वमा रहेको साइन्स जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख छ। साढे ६ फुट लामो खोपडी भएको सो राक्षस ५५ फिट लामो भएको अनुसन्धानकर्ताहरुले बताएका छन्।

४५ टन तौल भएको सो प्राणी उत्तर अमेरिकी तटको पश्चिमी क्षेत्रको एउटा महासागरमा बस्ने गरेको हुनसक्ने अनुसन्धानकर्ताहरुको अनुमान छ।

अनुसन्धान टोलीका वैज्ञानिक तथा अमेरिकाको क्यालिफोर्नियास्थित स्किृप्स कलेजका सहप्राध्यापक लार्स स्मित्जले भने, ‘ती प्राणी ह्वेलभन्दा पनि ठूला भएको अनुमान छ।’

यो अध्ययन साइन्स म्यागेजिनमा प्रकाशित छ।


प्रतिक्रिया दिनुहोस्