‘स्पाइडर मेनः नो वे होम’ बन्यो महामारीमा १ अर्ब अमेरिकी डलर कमाउने पहिलो चलचित्र

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  १० : ४७


‘स्पाइडर मेन’ फ्रेन्चाइजको नयाँ फिल्म ‘स्पाइडर मेनः नो वे होम’ कोरोना महामारीका बेला १ अर्ब अमेरिकी डलर कमाउने पहिलो चलचित्र बनेको छ।

योसँगै यो चलचित्र सन् २०२१ को सबैभन्दा बढी कमाई गर्ने फिल्म पनि बनेको छ।

यसले कोरियाली युद्धमा आधारित रहेर बनेको चिनियाँ फिल्म ‘द ब्याटल अफ लेक चांगजिन’को कमाई रेकर्ड तोडेको हो। सो चलचित्रले ९०५ मिलियन अमेरिकी डलर कमाएको थियो।

मिडिया डेटा एनालिकिटस्क फर्म ‘कोमस्कोर’का अनुसार यसअघि सन् २०१९ मा अर्को हलिउड चलचित्र ‘स्टार वार्स’ले एक अर्ब अमेरिकी डलरभन्दा बढी कमाएको थियो।


प्रतिक्रिया दिनुहोस्