एमसिसीबारे देउवाले आफ्नो धारणा राख्नुभयो, बोल्ने स्वतन्त्रता छ: प्रचण्ड

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ८ : १०


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो व्यक्तिगत धारणा राखेको बताएका छन्।

आइतबार नेकपा माओवादी केन्द्रको महाधिवेशनमा शुभकामना दिन पुगेका प्रधानमन्त्री देउवाले एमसिसी राष्ट्रघाती नभएको र त्यसो भन्नेहरुलाई पढ्न सुझाव दिएका थिए।

देउवापछि बोलेका प्रचण्डले भने एमसिसीबारे देउवाको व्यक्तिगत विचार भएको गठबन्धनको नभएको संकेत गरेर कार्यकर्तालाई सम्झाउन खोजे।

देउवाले आज अत्यन्तै राम्रो बेलेको भन्दै तारिफ गरेका प्रचण्डले एमसिसीका विषयमा भने देउवाको निजी विचार भनेका हुन्।

‘एमसिसीबारे त प्रमले आफ्नो धारणा राख्नुभयो। बोल्ने स्वतन्त्रता छ। तर उहाँले कहाँ राष्ट्रघात छ, देखाउनुस् म पनि राष्ट्रभक्त हो भनेर स्टेटमेन्ट दिइसक्नुभयो। हामी साझा धारणा बनाएर अघि बढ्छौु’ प्रचण्डले भने।


प्रतिक्रिया दिनुहोस्