समाजवाद उन्मुख शक्तिसँग पार्टी एकता गर्न तयार छौँ: नारायणकाजी श्रेठ

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ६ : ४१


काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले राजनीतिक दलका नेताहरूले आ–आफ्नो कमजोरीको समीक्षा गरेर देश र जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन्।

माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले क्रान्तिकारी, समाजावादी, परिवर्तनकारी शक्ति मिलेर देश र जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए।

देशमा भएका परिवर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्तनलाई सम्बोधन गर्नेगरी अघि बढ्नुपर्नेमा जोड दिएका उनले २१औँ समाजवादलाई प्रस्ट पार्न बहस गरिरहेको बताए।

भ्रष्टाचार, अनियमितततासहितमा आत्मसमीक्षा गरेर देशको रुपान्तरणा गर्न सम्भव रहेको भन्दै उनले जारी महाधिवेशन यसैमा केन्द्रिूत रहने जानकारी दिए।

नेपाली जनताको आवश्यकता, देशको समृद्धिलाई केन्द्रमा राखेर महाधिवेशनमा छलफल हुने उनको भनाइ छ।

समाजवाद उन्मुख शक्तिसँग सहकार्य गर्न तयार रहेको भन्दै उनले सच्चा कम्युनिष्ट पार्टीसँग एकता पनि सम्भव रहेको बताए।

साथै उनले माओवादी केन्द्र चाँडै विशेष महाधिवेशनमा पनि जान सक्ने बताए। रासस


प्रतिक्रिया दिनुहोस्