माओवादी महाधिवेशन: राप्रपा महामन्त्री कुन्ती शाही बोल्दा सबै हाँसेपछि..

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ४ : ५६


नेकपा माओवादी केन्द्रको आठौं अधिवेशनको उद्घाटन सत्र चलिरहेको छ। काठमाडौंको प्रज्ञा भवनमा चलिरहेको महाधिवेशनलाई शुभकामना दिने पहिलो वक्ता बनिन् राप्रपा महामन्त्री कुन्ती शाही।

उनले सम्बोधन गर्ने क्रममा सहभागीहरू हाँसे। कारण थियो, अतिथिको नाम र पद सही उच्चारण गर्न नसक्नु।

सुरुमा उनले कांग्रेस सभापति भन्नुपर्नेमा अध्यक्ष भनिन्। त्यसपछि नेकपा एमाले भन्नुपर्नेमा नेकपा भनिन्। एमाले महासचिव शंकर पोखरेल भन्नुपर्नेमा उनले नेकपा महासचिव ईश्वर पोखरेल भनेपछि सहभागी हाँसेका हुन्।

शाहीले माओवादी केन्द्रको महाधिवेशनको सफलताको शुभकामनासमेत दिइन्। महाधिवेशनले महिलाको अधिकार ल्याउन सफल होस् भनेकी थिइन्।


प्रतिक्रिया दिनुहोस्