क्रिसमस पार्टीमा आत्मघाती विस्फोट, ६ जनाको मृत्यु

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  १० : ५०


ब्राजाभिल्ला । गणतन्त्र कंगोमा एउटा रेस्टुरेन्टमा भएको आत्मघाती आत्मघाती हमलामा कम्तिमा ६ जनाको मृत्यु भएको छ । पूर्वी सहर बेनीमा भिडभाडयुक्त रेस्टुरेन्टमा क्रिसमस पार्टी चलिरहेको बेला आत्मघाती विस्फोट भएको थियो । विस्फोटमा एक दर्जनभन्दा बढी घाइते भएका छन् । एक आक्रमणकारीले रेस्टुरेन्टको प्रवेशद्वारमा आत्मघाती विस्फोट गराएका थिए ।

इस्लामिक स्टेट (आइएस) सँग आवद्ध एकीकृत डेमोक्रयाटिक फोर्स (एडीएफ) का कार्यकर्ताहरुले सो विस्फोट गराएको अधिकारीहरुले बताएका छन् ।

अहिलेसम्म कुनै पनि समूहले विस्फोटको जिम्मा लिएका छैन । बम विस्फोट हुँदा रेस्टुरेन्टमा ३० जनाभन्दा बढीले क्रिसमस मनाइरहेका थिए । विस्फोटको समयमा महिला र बालबालिका थिए ।

बेनीमा सेना र मुस्लिम लडाकुका कार्यकर्ताबीच बारम्बार झडप हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्