सेनाको यौन हिंसाविरुद्ध खार्तुममा महिलाको प्रदर्शन

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ५ : ०४


खार्तुम । यौन हिंसा र बलात्कारको बिरोधमा सुडानका महिलाहरुले राजधानी खार्तुममा सेनाबिरुद्ध प्रदर्शन गरेका छन्।

सेनाको बलात्कारको विरोधमा महिलाहरु सडकमा उत्रिएका हुन्।

यसै साता राजधानी खार्तुममा राष्ट्रपति निवास बाहिर सरकार विरोधी प्रदर्शनमा उत्रिएकामध्ये १३ महिला र युवतीलाई सुरक्षाकर्मीले बलत्कार गरेको राष्ट्रसंघले जनाएको छ। आफूहरु सेनाको यौन दुव्र्यवहारमा परेको भन्दै सामाजिक विकास मन्त्रालयको लैंगिक हिंसासम्बन्धी इकाइमा पुगेको सो इकाइकी प्रमुख सुलिमा इसाक्युले बताएकी छिन्।

‘उनीहरुमध्ये दुई जनाको २४ घन्टाभित्र र अन्य ६ जनाको एक दिनपछि इकाइमा उपचार गरिएको छ,’ इसाक्युले भनिन्। अक्टोबरमा सेनाले गरेको कुको विरोधमा प्रदर्शनमा उत्रिएका दुई जनाको मृत्यु भएको छ। प्रदर्शनमा सेनाले गोली प्रहार गरेको थियो। एजेन्सी


प्रतिक्रिया दिनुहोस्