टेलिनेटको कार्यालयमा छापा, सञ्चालकलाई उपस्थित हुन विभागको निर्देशन

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ४ : ५८


काठमाडौं । सूचना तथा प्रशारण विभागले टेलिनेट प्रालिको कार्यालयमा छापा मारेको छ। तर, छापा मार्न भन्दै विभागको टोली पुग्दा टेलिनेटका सञ्चालकहरू भने कार्यालयमा उपस्थित थिएनन्।

सञ्चालकलाई नभेटेपछि टोलीले टेलिनेटका कर्मचारीसँग अल्ट बालाजी र सोनिलिभका सामग्रीहरूकाबारेमा के आधारमा नेपालमा प्रशारण गरेको भन्दै सोधपुछ गरेका थिए।

प्रशारण अनुमतिको प्रमाणपत्र मागेपछि कर्मचारीले देखाउन नसकेकाले टोलीले पत्र काटेर टेलिनेटका सञ्चालकलाई आइतबार विभागमा उपस्थित हुन निर्देशन दिएको छ।


प्रतिक्रिया दिनुहोस्