अमेरिकाले नेपाललाई थप ६ लाख ६४ हजार ५६० डोज खोप उपलब्ध गराएको छ।
कोभ्याक्स कार्यक्रममार्फत् अमेरिकी सरकारले पठाएको खोप नेपाल आइपुगेको हो। हाल अमेरिकाबाट आएको फाइजर खोप नेपालका विद्यार्थीहरुलाई लगाइने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।
दूतावासले सामाजिक संजालमा भनेको छ,‘विद्यालय, समुदाय, तथा परिवारहरूलाई कोभीड१९ बाट सुरक्षित राख्नको लागि १२ देखि १७ उमेर समूहमा यो खोपले निकै महत्वपूर्ण भूमिका खेल्नेछ। हामी सवै मिलेर कोरोना भाईरसलाई परास्त गर्न निरन्तर कार्य गरी रहनेछौं।’
यसअघि पनि अमेरिकाबाट नेपालमा लाखाै डाेज खाेप सहयाेगकाे रुपमा भित्री सकेकाे छ।