नामी कलेजद्वारा यस वर्षको दिक्षान्त समारोह सम्पन्न

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ११ : १५


काठमाडौँ। गोकर्णेश्वरमा रहेको नामी कलेजले यस वर्षको दिक्षान्त समारोह सम्पन्न गरेको छ।

यसैहप्ताको बुधबार विभिन्न तहका विद्यार्थीलाई याक एन्ड यती होटलमा सम्पन्न दिक्षान्त समारोहमा सम्मान गरिएको हो।

दिक्षान्त समारोहमा एमबीए, बीबीए, इन्भाइरोमेन्टल साइन्स र
कम्प्यूटिगं कोर्स अन्तर्गतका बिधार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो।

सो कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका भाइस चान्सलर प्रोफेसर डाक्टर भोला केसी विशेष अतिथिका रुपमा
उपस्थित थिए भने कलेजकी अध्यक्ष डाक्टर आरजु राणा देउवाले विद्यार्थीहरुलाई शुभकामना दिएकी थिइन्।

नेपालमा विश्वस्तरिय कोर्सहरू ल्याउन सफल नामी कलेज र नर्थहेम्पटन विश्वविद्यालय बेलायतसँगको अर्थपूर्ण
साझेदारी छ।

यो कलेजले साझेदारीमा विश्वस्तरीय सङ्काय, पाठ्यक्रम र डिग्रीहरू सञ्चालन गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्