बंगलादेशमा बिहानै तैरिरहेको डुंगामा आगलागी हुँदा १६ जनाको मृत्यु

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १० : ५५


आज शुक्रबार बंगलादेशको एउटा डुंगामा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ।

सुगंधा नदीमा तैरिरहेको डुंगामा बिहानै साढे ३ बजेको समयमा आगलागी भएको बीबीसीहिन्दीले जनाएको छ।

प्रहरीका अनुसार झालहोटी जिल्लामा भएको यो घटनामा मृतकको संख्या अझै बढ्नसक्छ।

केहीकाे जलेर तथा केहीकाे भाग्ने क्रममा डुबेर मृत्यु भएकाे बताइएकाे छ।

आगलागीको कारण खुल्न सकेको छैन। यद्यपी सो डुंगामा क्षमताभन्दा बढी यात्रु भएको अधिकारीहरुले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्