हेलिकोप्टरबाट डोजर ढुवानी गरी सिस्ने हिमालको काखमा सडक

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ९ : २९


हेमन्त केसी

जाजरकोट । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले सडकको अस्थायी ट्याक खोल्न हेलिकोप्टरमार्फत् डोजर ढुवानी गरेको छ । अप्ठ्यारो भुगोलका कारण सडक निर्माणका लागि डोजर हेलिकोप्टरबाट ढुवानी गरिएको मेयर गोरखबहादुर केसीले जानकारी दिए ।

आठबीसकोट–३ मा रहेको डोजरलाई हेलिकोप्टरबाठ ढुवानी गरेर वडा नम्बर १ मा लगिएको हो । श्रमिक प्रयोग गरेर सडक खन्न सम्भव नभएपछि डोजरको प्रयोग गर्नुपरेको उनले बताए ।

आठबीसकोट–३ खदीसम्म सडकको अस्थायी ट्याक खुलेको छ । तर, वडा नम्बर १ को उमाखोला, सिस्ने हिमालको काखमा रहेका चैतेखारा, फिलिगे, रोकाजा र ओग्लेमा सडक खन्न डोजरको सहायता लिनु परेको हो । सिस्ने हिमालको काखमा रहेकाले त्यहाँ अत्यधिक चिसो हुने गर्छ ।

वडा नम्बर २ को स्यालामा सडक निर्माण गर्दा झारमारे लेकबाट सामग्री ढुवानी गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्