एमाले अध्यक्ष ओलीले लगाए १५१ किलोको माला

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ७ : २९


नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पर्साको एक कार्यक्रममा १५१ किलोको माला लगाएर स्वागत गरिएको छ।

नेकपा एमालेको जिल्ला समिति पर्साले जगरनाथपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी कार्यकर्ताले ओलीलाई १५१ किलोको माला लगाइएर स्वागत गरेका हुन्।

जगरनाथपुर गाउँपालिकामा राखिएको पार्टी प्रवेश कार्यक्रमका लागि ओली पर्सा गएका हुन्। सो क्रममा ओलीले जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियालगायतका सयौँ नेताकार्यकर्तालाई नेकपा एमालेमा प्रवेश गराई स्वागत गरेका थिए।


प्रतिक्रिया दिनुहोस्