अभिनेत्री वर्षा शिवाकोटीले आफ्नो अपमान गरेको भन्दै रंग पत्रकार प्रकाश सुवेदीको कार्यक्रमविरुद्ध उजुरी दर्ता गरेकी छिन्।
उनले सुवेदीको कार्यक्रम ‘रजतपट’विरुद्ध चलचित्र विकास बाेर्डमा उजुरी दिएकी हुन्। वर्षाले कारबाहीको माग गरेकी छिन्।
सुवेदीले कार्यक्रम मार्फत् आफ्नो ब्यक्तिगत जीवनको कुरा झिकेर अपमान गरेको शिवाकोटीको आरोप छ।
आफ्नो प्रेम, विछोड र पहिरनलाई लिएर रिपोर्ट प्रस्तुत गरेपछि वर्षा रुष्ट भएकी हुन्।
‘आफुले ब्यक्तिगत सम्पतीबाट किनेको घर अरुले किनिदिएको भनेर ‘रजतपट’ मा भ्रामक र गलत समाचार बनाइएको छ’ शिवाकोटीले भनिन् ‘उनको समाचारले म, मेरो परिवार र आफन्त सबै दुःखी भएका छौ। मेरो पर्सनल जीवनमा यसले नराम्रो असर पारेको छ।’