सञ्जीवराज रेग्मी सर्वोत्कृष्ट सरकारी वकिल घोषित

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ४ : ४०


काठमाडौं। महान्यायाधिवक्ता कार्यालयका सहन्यायधिवक्ता सञ्जीवराज रेग्मी सर्वोत्कृष्ट वर्ष सरकारी वकिल बनेका छन्।

महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसको अवसरमा उनी सर्वोत्कृष्ट वर्ष सरकारी वकिल बनेको जानकारी दिइएको हो।

वर्ष वकिल भएपछि उनले प्रभावकारी रूपमा संवैधानिक र कानुनी जिम्मेवारी वहनमा कुनै कमी आउन नदिने बताएका छन्।

सोही कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता र पूर्वनायव महान्यायाधिवक्ताहरूलाई सम्मान गरिएको छ। यसैगरी १० जना सरकारी वकिल र कानुन संकाय लिएर अध्ययनरत विद्यार्थीहरू पुरस्कृत भएका छन्।


प्रतिक्रिया दिनुहोस्