हत्यारा चार्ल्स शोभराजलाई थुनामा राखेकोबारे सरकारलाई सर्वोच्चको कारण देखाउ आदेश

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  २ : ३७


काठमाडौं। सर्वोच्च अदालतले चार्ल्स शोभराज गुरुमुखलाई थुनामा राखेकोबारेमा कारण देखाउ आदेश जारी गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले उनलाई थुनामा राख्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको हो।

उनी कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा छन्। उमेर र आधा सजाय कटाइसकेकाले आफूलाई छाड्नुपर्ने माग शोभराजको छ।

अन्तर्राष्ट्रिय सिरियल किलरको उपाधि पाएका शोभराजले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौ र कारागार कार्यालय जगन्नाथदेवललाई विपक्षी बनाई बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए।

सोभराजले १२ जनाको हत्या गरेको स्वीकार गरेका छन्। तर उनले २० जनाभन्दा बढीको हत्या गरेको अनुमान छ।


प्रतिक्रिया दिनुहोस्