काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्दै बधाई दिएकी छिन्।
भेटवार्तामा राजदूत यान्छीले बधाई सन्देश दिँदै मिलेर काम गर्ने चाहना व्यक्त गरेकी छिन् ।
साथै, द्विपक्षीय हितका बारेमा समेत कुराकानी भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।
सोमबार ओलीलाई भेट्न राजदूत यान्छी ओली निवास भक्तपुरको बालकोट पुगेकी थिइन्।
-फाइल फोटो