अफगानिस्तानमा उत्पादित अफिम विश्वका ८७ प्रतिशत मानिसले प्रयोग गर्छनः राष्ट्रसंघ

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  १० : १०


काबुल। अफिम खेती र यसको उत्पादन लामो समयदेखि अफगानिस्ताको इतिहाससँग जोडिएको छ।

अफगानिस्तानका अधिकांश क्षेत्रमा अफिम उत्पादन हुन्छ । सन् २०२१ को अन्त्यसम्ममा विश्वमा उत्पादन हुने कूल अफिम र हेरोइनमध्ये ९० प्रतिशत उत्पादन अफगानिस्तानमा हुने र उत्पादित ९० प्रतिशत अफिम युरोपेली मुलुकमा निर्यात हुने गरेको राष्ट्रसंघको एक प्रतिवेदनमा उल्लेख छ।

ल्याटिन अमेरिकी देशमा कोका खेतीका लागि छुट्टाइएको क्षेत्रभन्दा अफगानिस्तानमा गरिने अफिमका लागि छुट्टाइएको क्षेत्र धेरै छ। सन् २००१ देखि नै अफगानिस्तान गैरकानुनी ढंगले विश्वमै धेरै अफिम उत्पादन गर्ने देश बनेको छ।

काबुल कब्जा गर्नुअघि सरकारी फौजसँग लडेका तालिवान लडाकुले देशको अफिम उत्पादन हुने क्षेत्रलाई आफ्नो आधार बनाएका थिए।तालिवान लडाकुले अफिमलगायतका लागू पदार्थको ओसार पसार गर्दथे। अघिल्लो सिजनमा मात्र अफगानिस्ताले ६८ हजार टन अफिम उत्पादन गरेको थियो।

राष्ट्रसंघको लागू औषध तथा अपराध कार्यलयका अनुसार अफगानिस्तानले सन् २०२० देखि अफिम उत्पादनमा ८ प्रतिशतले बृद्धि गरेको छ। अफगानिस्तानमा उत्पादित अफिम विश्वका ८० प्रतिशत प्रयोगकर्ताले उपयोग गर्छन्।


प्रतिक्रिया दिनुहोस्