आइकोरले नेपालमा विदेशी फिल्मको वितरण थाल्योः शुक्रबार ‘म्याट्रिक्स’ रिलिज हुँदै

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ९ : २८


काठमाडौं। फिल्म निर्माण कम्पनी आइकोर फिल्म्सले विदेशी फिल्म वितरणको थालनी गरेको छ। कम्पनीको वितरण रहने हलिउड फिल्म ‘द म्याट्रिक्स रिसुरेक्सन’ शुक्रबारदेखि मुलुकका प्रमुख मल्टिप्लेक्समा प्रदर्शनमा आउने भएको छ।

कम्पनीले विज्ञप्ति जारी गर्दै फिल्मको वितरण सुरु भएको जानकारी दिएको छ। हलिउडको म्याट्रिक्स सिरिजकै पछिल्लो श्रृंखला रहेको फिल्मको प्रमुख भूमिकामा किनु रिभ्स र क्यारी एने मोस छन्। श्रृंखलाको पछिल्लो फिल्म द म्याट्रिक्स रिभोलुसन सन् २००३ मा रिलिज भएको थियो।

नेपाली फिल्म ‘मेरो लभस्टोरी’, ‘मेरो एउटा साथी छ’, ‘इन्टुमिन्टु’ लन्डनमा निर्माण गरेको आइकोरले वान सिनेमाज् मल्टिप्लेक्समार्फत प्रदर्शनमा हात हालेसँगै वितरणलाई पनि अघि बढाएको हो।

साथै, आइकोरले भेनिस र टोरन्टो फिल्म फेस्टिभलमा प्रिमियर गरिएको र अवार्ड जितेको चर्चित छोटो फिल्म दाद्या पनि निर्माण गरेको थियो।

आइकोरकै फिल्म ‘आइएम ट्वान्टीवान’ रिलिज तयारीमा छ।


प्रतिक्रिया दिनुहोस्