भारतमा ओमिक्रोनः नयाँ दिल्लीमा क्रिसमस र नयाँ वर्षका कार्यक्रममा प्रतिबन्ध

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ९ : ०८


नयाँ दिल्ली। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस फैलिएपछि भारतको राजधानी नयाँ दिल्लीमा क्रिसमस र अग्रेजी नयाँ वर्षमा हुने कार्यक्रममा प्रतिबन्ध लगाइएको छ।

दिल्लीको विपद् व्यवस्थापन निकायले दुबै पर्वमा हुने जमघटमा रोक लगाएको हो। नयाँ वर्षअघि नै संक्रमण फैलिने क्षेत्र पहिचान गर्न पनि सो निकायले डिस्ट्रिक म्याजिस्ट्रेटलाई निर्देशन दिएको छ।

त्यस्तै, दिल्लीमा कुनै पनि प्रकारका सामाजिक, मनोरन्जन, धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न पनि रोक लगाइएको छ।

भारतमा ओमिक्रोन संक्रमित दिनहुँ बढेका छन्। बुधबारसम्म २१३ जनामा संक्रमण भएको छ।

यसैबीच देशमा कोभिड संक्रमण र नयाँ भेरियन्टको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहीबार वैठक डाकेका छन्। विज्ञहरुले भारतमा कोभिडको तेस्रो लहर आउने चेतावनी दिइरहेका बेला प्रधानमन्त्रीले वैठक आयोजना गर्न लागेका हुन्।


प्रतिक्रिया दिनुहोस्