घरमा लुकाई राखेको पल्सर मोटरसाईकल सहित दुई जना पक्राउ

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ७ : ०५


काठमाडौंको लामबगरबाट चोरीको मोटरसाइकल सहित दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

सादा पोसाकमा खटिएको टोलीले लामबगरबाट घरको पार्किङमा लुकाई राखेको अवस्थामा प्रदेश ३-०२-०११ प ८०७३ नम्बरको कालो रातो रंङको २२० सी.सीको पल्सर मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा धादिङ खनियाबास गा.पा ३ घर भई गैरीगाउँ लामाबगर बस्ने वर्ष १९ को पारस तामाङ्ग र धादिङ नेत्रावती डब्जोङ गा.पा. १ घर भई लामबगर बस्दै आएको बर्ष २२ को बुद्धि बहादुर तामाङ्गलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ।

पक्राउ भएको उक्त मोटरसाइकल मनमैजु घर कम्पाउण्डबाट यहि मंसिरमा हराएको भनी काठमाडौं तारकेश्वर नगरपालिका-८, मनमैजु बस्ने सुजिन्द्र लामाले हुलिया सहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए।

मोटरसाईकल सहित पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धान तथा चोरी मुद्दामा कारबाहिका लागी महानगरीय प्रहरी बृत्त बालाजुमा पठाइएको छ।


प्रतिक्रिया दिनुहोस्