माओवादी प्रदेश-१ अधिवेशन: शर्मा र पुन निकटका नेता चुनावी मैदानमा

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ९ : २०


विराटनगर। नेकपा माओवादी केन्द्र प्रदेश-१ कमिटीको ९ जना पदाधिकारीका लागि २९ जनाको उमेदवारी परको छ।

उद्घाटन भएको १२ दिनमा हुन गइरहेको चुनावमा केन्द्रका दुई नेता निकाटका प्रदेशका नेताबीच प्रतिस्पर्धा हुन लागेको हो।

अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा र नेता वर्षमान पुन निकटका नेता अध्यक्षका लागि चुनावी मैदानमा उत्रिएका हुन्।

शर्माका प्रमुख स्वकीय सचिव हर्क बहादुर नेम्बाङ र पुन निकटका मुक्साहाङ मेनाङवोले अध्यक्षका लागि उमेदवारी दिएका छन्।

तीन उपाध्यक्ष पदका लागि ८ जनाको उम्मेदवारी कायम भएको छ। जसमा शिवकुमार डाँगी, भोगेन्द्र प्रसाद यादव, पुरुषोत्तम चुँडाल, मणिकुमार साम्पाङ, उर्मिला तामाङ, देवान चाम्लिङ, इन्दीरा मिश्र र मोहन बहादुर खत्री रहेका छन्।

सचिव पदका लागि दुई जनाको उम्मेद्वारी परेको छ। जसमा गणेश उप्रेती सुशील र सिपी कडरिया रहेका छन्।

३ जना सहसचिव पदका लागि भने १३ जनाको उम्मेदवारी परेको छ। जसमा ऋषिराम ढुंगाना (कुसुम), राजु आचार्य, सन्तोष थारु, हर्क लावती, कुमारी राई, निशान्त शर्मा, विजय प्रकाश बनेम, ठमनाथ पराजुली (ध्रुव), कृष्ण जिमी (भरत), दिलकुमार राई, तेजमान कन्दङ्वा र सागर किराती रहेका छन्।

१ जना कोषाध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ। जसमा मदनकुमार चुँडाल, रामकुमार कार्की, रेवतराज पुरी (गगन) र बन्दना झाँगड (अनिशा) रहेका छन्।

माओवादी प्रदेश अधिवेशन गत मंसिर २५ गते मोरङको विराटचोकमा उद्घाटन गरिएको थियो। प्रदेश कमिटी सदस्य भने यसअघिनै टुंगो लागिसकेको छ। पदाधिकारीमा सहमति नभएपछि चुनाव गरेर नेतृत्व टुगाउन लागिएको हो।

अन्तिम समय सम्म कसरत गरेपनि सर्वसम्मत गर्न नसकिएपछि चुनावमा जानु परेको माओवादी प्रदेश १ का इन्चार्ज राम कार्कीले बताए।

सर्वसम्मत नेतृत्व चयनका लागि ५ सदस्यीय कार्यदल गठन गरिएको थियो। प्रदेश १ का सहइन्चार्ज अजम्बर काङ्माङको संयोजकत्वमा केन्द्रीय सदस्यहरु सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र रामकुमारी चौधरी कार्यदलमा रहेका थिए।


प्रतिक्रिया दिनुहोस्