हेलिकप्टर दुर्घटनामा परेका मदागस्करका मन्त्रीले ज्यान जोगाउन १२ घण्टासम्म समुद्रमा पौडी खेले

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ४ : ५१


अफ्रिकी राष्ट्र मदागस्करका एक मन्त्री हेलिकप्टर दुर्घटनामा परेका छन्। हेलिकप्टर दुर्घटनामा परे पनि उनको ज्यान भने जोगिएको छ।

द गार्जियनका अनुसार मदागस्करका रक्षा तथा प्रहरी मन्त्री सर्ज गेले सवार हेलिकप्टर गत सोमबार दुर्घटनामा परेको थियो।

सो दुर्घटनापछि हेलिकप्टर समुद्रमा खसेको थियो। हेलिकोप्टर दुर्घटनापछि समुद्रमा खसेका मन्त्री गेलेले १२ घण्टासम्म पौडी खेलेर आफ्नो ज्यान जोगाएका हुन्।

मन्त्री गेलेसहित अन्य तीन सुरक्षा अधिकारीको टोली चढेको हेलिकोप्टर सोमबार उत्तर पूर्वी कोस्ट क्षेत्रमा दुर्घटनामा परेको थियो। दुर्घटनाग्रस्त स्थलबाट मन्त्री गेलेले १२ घण्टासम्म निरन्तर पौडी खेल्दा मात्र उनी जमिनसम्म आइपुगेका हुन्।

गार्जियनको खबरअनुसार डुङ्गा दुर्घटनामा परेकाहरुको उद्धार र अवलोकनका लागि मन्त्रिसहितको टोली घटनास्थलतर्फ जाँदै गर्दा हेलिकप्टर दुर्घटनामा परेको थियो।

गत सोमबार भएको डुङ्गा दुर्घटनामा परि कम्तीमा ३९ यात्रुको मृत्यु भएको थियो। उद्धारको लागि गएका मन्त्रीको हेलिकप्टर नै समुद्रमा खसेको हो।

दुर्घटनामा परेका अन्य तीन सुरक्षा अधिकारीले समेत ज्यान जोगाउन सफल भएका छन्।


प्रतिक्रिया दिनुहोस्