हुवावेद्वारा नेपालमा पहिलोपटक ‘सिड्स फर द फ्युचर-ग्लोबल फ्ल्यागसिप’ कार्यक्रम सम्पन्न

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ३ : ३३


काठमाडौं। विश्वचर्चित मोबाइल निर्माता कम्पनी हुवावेले नेपालमा पहिलोपटक ‘सिड्स फर द फ्युचर-ग्लोबल फ्ल्यागसिप’ कार्यक्रम सम्पन्न गरेको छ।

नेपालको स्नातक तहका विद्यार्थीहरुका लागि आयोजना गरिएको कार्यक्रम सोमबार सम्पन्न भएको हो। सो कार्यक्रममा आईसीटी पृष्ठभूमिका ९, विश्वविद्यालयका ८ र १३ शैक्षिक संस्थाका १९ गरी ३६ जना विद्यार्थीले सहभागिता जनाएका थिए।

कार्यक्रमका सबै आवश्यकता पूरा गरी उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र प्रदान गरेका थिए।

अक्टोबर ६ र नोभेम्बर ७ बीच हुवावेले आफ्नो आवेदन पोर्टल सिड्सनेपाल डटकममा नेपालभरबाट १३६ आवेदनहरू प्राप्त गरेको थियो जुन सबै स्नातक विद्यार्थीहरूको लागि खुला थियो। जसमध्ये ३६ छानिएका हुन्।

कार्यक्रममा विद्यार्थीहरुलाइ प्रविधिमैत्री हुन सिकाइएको थियो। उनीहरुलाई फोर–जी स्टेसन, एनसेल लगायत प्रविधिसँग सम्बन्धित स्थानको भ्रमण गराइएको थियो।

सो कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छीले पनि नेपाली विद्यार्थीहरुलाई शुभकामना दिएकी थिइन्।


प्रतिक्रिया दिनुहोस्