घानाको संसदमै सत्तापक्ष र विपक्षी सांसदबीच ग्याङ फाइट भएपछि…(भिडिओ)

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १ : ४३


अफ्रिकी राष्ट्र घानाको संसदमा मंगलबार सत्तापक्ष र विपक्षी सांसदबीच ग्याङ फाइट भएको छ।

विद्युतीय कारोबारमा कर लगाउने सरकारको प्रस्तावको विषयमा घानामा सत्तारुढ दल र विपक्षी सांसदहरुबीच संसदमै मुक्का हानाहान भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

सार्वजनिक भिडिओमा देखिएअनुसार प्रस्तावअघि बढाउने र रोक्न खोज्ने सांसदहरुबीच धकेलाधकेल र मुड्की हानाहान भएको छ। केहीले भने झगडा रोक्ने प्रयास पनि गरेका छन्।

खबरअनुसार उपसभामुखल जोसेफ ओसेइ ‌ओवुसु मतदातानका लागि आफ्नो सीटबाट उठ्न खोज्दा विपक्षी दलका सांसदहरुले रोक्न खोजेपछि संसद्‌मा तनाव सुरु भएको थियो। संसद् अस्तव्यस्त भएपछि उनले बैठक स्थगित भएको घोषणा गरेका थिए।

सरकारले मोबाइल मनी पेमेन्टसहित सबै विद्युतीय कारोबारमा १ दशमलव ७५ प्रतिशत कर लगाउने प्रस्ताव गरेको छ जुन विपक्षी नेसनल डेमोक्रेटिक कंग्रेसले अस्वीकार गर्दै आएको छ।

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्