७ करोड वर्ष पहिलेको बच्चा डाइनासोरको जीवाश्म अण्डाभित्र सुरक्षित भेटियो!

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १२ : १०


चीनका अनुसन्धानकर्ताले ७ करोड वर्ष पहिलेको बच्चा डाइनासोरको जीवाश्म भेटेका छन्।

सीएनएनका अनुसार डाइनासोरको अण्डाभित्र भ्रुण डाइनासोरको जीवाश्म सुरक्षित भेटिएको छ।

यो खोजले चरा र डाइनासोरबीचको सम्बन्धको बारेमा थप प्रकाश पार्ने अपेक्षा गरिएको छ। चीनका विज्ञहरुले हाल सुरक्षित रुपमा भेटिएको जीवाश्मलाई बेबी यिङलियाङ नाम दिएका छन्।

यिङलियाङ संग्राहलयमा जीवाश्मलाई सुरक्षित राखिएकाले त्यसको नाम पनि बेबी यिङलियाङ राखिएको हो।

क्यानडास्थित युनिभर्सिटी अफ कालगेरीका सहप्राध्यापक डार्ला जेलेन्सीका अनुसार बच्चा डाइनासोरको हाड साना र कमजोर छन्। सुरक्षित जीवाश्म भेटिनुलाई उनले संयोग भनेका छन्।

An artist's reconstruction of the baby oviraptorid dinosaur.

जर्नल आईसाइन्समा प्रकाशित अनुसन्धानका अनुसन्धानकर्तामध्ये एक रहेका जेलेन्स्की भन्छन्,‘यो एक अचम्मको नमूना हो। मैले २५ वर्षदेखि डाइनासोरको अण्डामा काम गर्दैछु र पहिलोपटक यस्तो देख्दैछु।’

हाल भेटिएको डाइनासोरको अन्डा ७ इन्चको भएको बताइएको छ। सानो डाइनासोरको जीवाश्म भने ११ इन्चको छ।

चीन, बेलायत र क्यानडाका वैज्ञानिकले यो भ्रुण डाइनासोरमा संयुक्त अनुसन्धान गरेका हुन्।

अध्ययन अनुसार डाइनोर र चरामा केही समानता छ। डाइनासोर अण्डाबाट निस्कनुभन्दा अगाडि चराका बच्चाले जस्तै अण्डाभित्र स्थान परिवर्तन गर्ने गरेको देखिएको छ।

The baby dinosaur's position in the egg was similar to that of modern birds.


प्रतिक्रिया दिनुहोस्