अब्दुल रज्जाक, अब्दुल सतार र जावेदा खातुन मुस्लिम तर्फबाट कांग्रेस केन्द्रीय सदस्य

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ७ : ३०


नेपाली कांग्रेस केन्द्रीय सदस्य मुस्लिम खुला तथा महिला पदको मतपरिणाम सार्वजनिक भएको छ।

पार्टीको १४औँ महाधिवेशनको मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक मतपरिणामअनुसार मुस्लिम खुलातर्फ अब्दुल रज्जाक (२,३९०) र अब्दुल सतार (२,२२८) मत ल्याएर विजयी भएका हुन।

अकिल मिया (१,५९९), मोहम्मद इर्शाद अन्सारी (१,४२१), अब्दुल रहिम (२९९), मोख्तार अहमद (२१८), हसन अन्सारी (४०१), मोहमद निजामुद्दिन (१७९), मोहम्मद नसिर सिद्धिकी (१२३)र सलाउ द्दिन मिया (१६८)मत प्राप्त गर्नुभएको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।

केन्द्रीय सदस्य मुस्लिम महिलामा जावेदा खातुन जागा (१,९००)मत ल्याई विजयी भएका छन। सो प्रतिस्पर्धामा जमिला मिया (१,४४१), गोमा अन्सारी (४७८), जमिला खातुन (३३८), यासीवा रहमान (२०३)र सनम बेगम (१४६) मत प्राप्त गरेका छन।


प्रतिक्रिया दिनुहोस्