एमसीसी खारेज गर्न माग गर्दै प्रदर्शन (फोटोफिचर)

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ४ : ५७


काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै नेकपा (मसाल) र नेकपा (क्रान्तिकारी माओवादी) लगायत विभिन्न आठ राजनीतिक दलले आज देशैभर विरोध प्रदर्शन गरेका छन्।

मंगलबार संसदको बैठक बस्ने र एमसीसी टेबुल हुने चर्चाबीच आठ दलले राजधानी काठमाडौंलगायत मुख्य सहरहरुमा संयुक्त प्रदर्शन गरेका हुन्।

काठमाडौंमा माइतीघर मण्डलाबाट जुलुश प्रदर्शन गरी बानेश्वर चोकमा विरोध सभाको आयोजना गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माले) का महासचिव एवम् पूर्वउपप्रधानमन्त्री सिपी मैनालीले एमसीसी अनुदान नभएको दावी गरे।

उनले कुनै पनि अनुदान संसदबाट पास गर्नु नपर्ने र एमसीसी प्रचार गरिएअनुसार अहिले नआएको समेत बताए।

महासचिव मैनालीले एमसीसीमार्फत् अमेरिकाले नेपाललाई सैन्य रणनीति भित्र पारेर चीनसँग लड्नको लागि नेपाललाई अखडाको रुपमा प्रयोग गर्न चाहेको समेत बताए।


प्रतिक्रिया दिनुहोस्