चीन भन्छः नेटोले वैचारिक पूर्वाग्रह त्यागेर सुरक्षा कायम गर्नुपर्छ

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ४ : ०२


नेटोले वैचारिक पूर्वाग्रह त्याग्नुपर्छ र अन्तरराष्ट्रिय एवं क्षेत्रीय सुरक्षा कायम गर्न थप काम गर्नुपर्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

‘विश्वको सबैभन्दा ठूलो सैन्य गठबन्धनको रूपमा नेटोले शीतयुद्धको मानसिकता र वैचारिक पूर्वाग्रहहरू त्याग्नुपर्दछ, अन्तरराष्ट्रिय र क्षेत्रीय सुरक्षा एवं स्थायित्व कायम गर्न थप प्रयास गर्नुपर्छ’ मन्त्रालयले सुरक्षा ग्यारेन्टी सम्बन्धी रूसको प्रस्तावमा टिप्पणी गर्दै उक्त कुरा बताएको स्पुतनिकले लेखेको छ।

डिसेम्बर १७ मा रूसी विदेश मन्त्रालयले रुस र अमेरिका र नेटो बीच सुरक्षा ग्यारेन्टी गरिनुपर्ने मस्यौदा सम्झौता प्रकाशित गरेको छ।

यस सम्बन्धी कागजातहरू पहिले नै वाशिंगटन र यसका सहयोगीहरूलाई हस्तान्तरण गरिएको छ। रुसी उप–विदेशमन्त्री सर्गेई र्याबकोभले स्पुतनिकलाई बताएअनुसार यदि नेटो र अमेरिकाले सुरक्षा ग्यारेन्टीको लागि रुसको मागलाई जवाफ दिएन भने यसले नयाँ टकराव निम्त्याउन सक्छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्