होन्डुरसमा पहिलो महिला राष्ट्रपति निर्वाचित

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ३ : २१


होन्डुरसमा नयाँ राष्ट्रिपति निर्वाचित भएका छन्। त्यहाँको निर्वाचन आयोगले सोमबार सियोमरा क्यास्ट्रोलाई नयाँ राष्ट्रिपति घोषणा गरेको हो।

होन्डुरसको लिबर्टी एण्ड रिफाउन्डेसन पार्टीका नेतृ सियोमरा पहिलो महिला राष्ट्रपतिको रुपमा निर्वाचित भएको त्यहाँको निर्वाचन आयोगले जानकारी दिएको छ।

सियोमराको कार्यकाल आगामी जनवरी २७ देखि सुरु हुने र सन् २०२६ को जनवरी २७ सम्म हुने बताइएको छ।

सियोमराले निर्वाचनमा १७ लाखभन्दा बढी अर्थात् ५१.१२ मत प्राप्त गरिन्। उनी होन्डुरसका पूर्व राष्ट्रिपति म्यानुअल जिलयाको श्रीमती हुन्।  रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्