चिट चोर्न नदिएपछि शिक्षक कुट्ने विद्यार्थी एमाले कार्यकर्ता

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  २ : ४८


काठमाडौं । प्रदर्शनी मार्ग स्थित आरआर क्याम्पसमा आन्तरिक परीक्षामा चिट चोर्न नदिएको भन्दै शिक्षकमाथि हातपात गर्ने विद्यार्थी केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ता रहेको खुलेको छ।

बझाङ घर भएका कुवेर जेठाराले शिक्षक प्रकाश पुडासैनीमाथि स्टिलको जगले प्रहार गरेका हुन।

परीक्षा चलिरहेका बेला उनले पुडासैनीमाथि कुटपिट गरेको क्याम्पस प्रशासनले जनाएको छ।

चिट नचोर्न आग्रह गर्दा भएको विवादपछि कुटपिट भएको बताइएको छ। स्टिलको जग प्रहारबाट घाइते शिक्षक पुडासैनीको टाउकोमा सातवटा टाँका लागेको छ। हाल उनको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ।

 


प्रतिक्रिया दिनुहोस्